आर्यन र प्रियंकाको बटरफ्लाई माघे संक्रान्ति खाने दाउमा


ओम प्रतीक गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बटरफ्लाई’ ले रिलिज मिति सार्बजनिक गरेको छ। माघे संक्रान्ति लाइ टार्गेट गरेर चलचित्र आउदो पुस २८ गते रिलिज हुने छ । चलचित्रमा आर्यन अधिकारी,प्रियंका कार्की र अर्पण थापा मुख्य भूमिकामा रहेका छन् ।

चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन, विकास चौधरी, दिपक शर्माको संगीत तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रको होली गीत बाहेक अन्य कुनै पनि गीत वा टिजर सार्वजनिक भएका छैनन् । सुरेश बज्राचार्यको छायांकन रहेको चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् ‘बटरफ्लाई’ मा पुष्पाञ्जली अधिकारी निर्माता र रामशरण राणा, भुपेन्द्र सुवेदी, सरोज शाह सहनिर्माता रहेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.