‘ए मेरो हजुर २’को बम्पर ओपनिङ, तिन दिनमा ३ करोड ४३ लाख


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेत्री झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर २’ ले देशभरबाट आक्रामक व्यापार गर्दै तिन दिनमा ३ करोड ४३ लाख ४१ हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको चलचित्रले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो । शनिबार सिनेमाले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ ।शनिबारको कलेक्सन नेपाली सिनेमाको लागि सर्वाधिक एक दिने ग्रस हो । वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गर्यो ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको ‘ए मेरो हजुर २’ले नेपाली हलहरुमा बलिउड सिनेमा ‘बादशाहो’लाई छायाँमा पारेको छ । आइतबार सार्वजनिक विदा परेकोले तेस्रो दिनका अधिकाँस शो हाउसफुल रहे । ईदको विदामा ‘ए मेरो हजुर २’ले राजधानीबाट ५३ लाख १५ हजार र बाहिरबाट ५१ लाख २५ हजार गरि टोटल १ करोड ४ लाख ४० हजार कलेक्सन गर्यो ।मोफसल वितरणक केदार पराजुलीले ‘ए मेरो हजुर २’ को व्यापारलाई ऐतिहासिक भनी टिप्पणी गरे । कतिपय हलको कलेक्सन विश्वास नलागेर दोहोर्याएर नै सोध्नुपर्यो तेस्तै ‘काठमाडौं वितरक गोविन्द शाहीले ए मेरो हजुर २’ मा दर्शकचापले गर्दा विदेशी फिल्मलाई समेत ठूलो धक्का लागेको बताए अधिकांश हलबाट विदेशी फिल्म उतारेर ‘ए मेरो हजुर २’ लगाइएको छ शाहीले भने ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित सिनेमामा राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय छ । ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.