असोज ११ छवि निर्मित मंगलम छक्का पन्जा २ संग भिड्दै


सेलिब्रेटी नेपाल काठमाडौँ

नवल नेपाल निर्देशित तथा छविराज ओझा निर्मित चलचित्र असोज १ गते बाट प्रदर्शनमा आउने भएको छ अलिक अघि नै निर्माण कार्य सकेर बसेको चलचित्रको प्रदर्शन मिति टुंगो लागेको थिएन अब भने चलचित्र बिजया दशमीको अबशरमा असोज ११ मै प्रदर्शनमा आउने भएको छ। उक्त दिन दिपक दीपाको चलचित्र छक्का पन्जा २ प्रदर्शनमा आउने छ । अब छक्का पन्जा २ र मंगलमको प्रतिष्पर्धा हुने भएको छ । दशैंको अबसरमा दर्शकले दुइ चलचित्र मध्ये आफुलाई मन पर्ने चलचित्र रोजेर हेर्न पाउने भएका छन् । चलचित्र मंगलमको वितरणको जिम्मा गोपालकाजी कायस्थले लिएका छन् ।

छविराज ओझालेले सेलिब्रेटी नेपाल संग कुरा गर्दै भने “मैले फागुन देखि नै असोज ११ गते मेरो चलचित्र प्रदर्शन गर्छु भनेको हो म आफ्नो बोलीमा अडिग छु मेरो प्राबिधिक कार्य सकिएको थिएन त्यहि भएर चुप थिए अब प्रचार प्रसार सुरु गर्छु अब चलचित्रको फर्स्ट लुक र ट्रेलर सार्बजनिक हुन्छ ।” चलचित्र मंगलममा शिल्पा पोख्रेल, पुष्प खड्का, पृथ्वीराज प्रसाइ,मिथिला शर्माको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.