प्रचन्डले बनाउन लागेको कमेडी चलचित्र बार्हमासे शुभमुहर्त


सेलिब्रेटी नेपाल काठमाडौँ

टेलिभिजनको पर्दामा नक्कली प्रचण्डको भूमिका निभाएका कलाकार प्रदिप पाठकले निर्माण गर्न लागेको चलचित्र ‘बाह्रमासे’शुभ मुहर्त सम्पन्न भएको छ। भक्तपुर सुर्यविनायक गणेश मन्दिरमा पुजा आजा गरेर चलचित्रको शुभमुहर्त गरिएको हो मुहर्त संगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।
चलचित्र बाह्रमासेमा भद्रगोल लगायत अन्य थुप्रै टेलिचलचित्रका चर्चित हास्यकलाकारहरुको अभिनय रहने छ । हाँस्यप्रधान चलचित्र ‘बाह्रमासे’को निर्देशन लामो समय देखि कलाकारितामा संलग्न रहेकी चर्चित हाँस्यकलाकार पल्पसा डंगोल(चम्सुरी)ले गर्ने भएकी छिन ।

चलचित्रमा भद्रगोलका निर्माता एवम चर्चित कलाकार सुवास कार्की(बेलासे)मुख्य पात्रका रुपमा देखिने भएका छन् । यसका साथै चलचित्रका अन्य कलाकारहरुमा मधुसुधन पाठक(सीते बा) सीपी पुडासैनी(धतुरे) गोविन्द कोइराला (जयन्ते ),सुष्मा अधिकारी, सुरविर पण्डीत,रामचन्द्र अधिकारी,केदार न्यौपाने,निर्मल शर्मा(गैंडा),अरुणा कार्की,रोहित दंगाल,रोहन ,राधा लम्साल(भावु) निरु खड्का(निर्मली),सुदिप बराल,सुशिल सैंजु,अमृता भट्ट,पत्रकारहरु ऋषि धमला र जनार्जन पौडेल लगायत रहेका छन् । चलचित्रको छायांकन काभ्रेको नाला,पनौती,खोपासी ,पाँचखाल,भकुण्डे आसपासमा गर्ने निर्माता पाठकले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.