जनकदीप इमेज अवार्डमा


सेलिब्रेटी नेपाल काठमाडौँ

मिडिया क्षेत्रमा काम गर्ने हरुको लागि जनक दीप नयाँ नाम होइन बिगत १७ बर्ष देखि मिडिया प्रोडक्सनमा काम गर्दै आएका जनक दीप पहिलो पटक १९ औं इमेज अवार्डमा म्युजिक भिडियो निर्देशकमा नोमिनेसनमा परेका छन्। मिडिया क्षेत्रमा उच्च गुणस्तरको उत्पादन हुनु पर्छ भन्ने सोचका साथ काम गर्ने पराजुलीकाका कामहरुलाई फलो गरि नक्कल गर्ने हरु पनि थुप्रै छन् । उनले जहिले पनि आफ्नो काममा केहि न केहि नौलोपन दीइ रहेका हुन्छन । ग्राफिक्स,कलर र हेभी सेटअपमा काम गर्ने जनकदीप पराजुली अरु भन्दा धेरै कम काम गर्छन तर उत्कृस्ट गर्छन यसैको फल स्वरूप इमेज च्यानलले उत्कृस्ट ५ वटा भिडियो निर्देशकमा मनोनयन गरेको छ ।

गीतकार दिनेश अधिकारी संगीतकार राजु सिंह गायक सुमन शेखर मानन्धरको बोल्न पनि गीतको भिडियो बाट उनि मनोनयनमा परेका हुन् प्राय एड,प्रमोसनल फिल्म,डकुमेन्ट्री र नेपालमा छायांकन हुने बिदेशी प्रोजेक्टमा व्यस्त रहने जनकदीप यस पटक बोल्न पनि गीत लाई शब्द संगीत स्वर अनुसार सार्थक हुने गरि भिडियो तयार गरेका छन् । गीतको म्युजिक भाव र लय संग भिडियो लाई यस्तो सिंक गरेका छन् कि चार मिनेट तिस सेकेन्ड सकिएको पत्तो नै हुन्न आकर्षक दृश्य हरुमा उनले भी.एफ.एक्स को प्रयोग पनि थाहा नहुने गरि कुल हिसाबले गरेका छन् । गीत भित्र अब के होला अब के होला भन्दै रोचक ढंगबाट सामान्य र सालिन कथा लाई प्रस्तुत गरेका छन्। न त यसमा भायोलेन्स छ, न धोका धाडी, न त छट पटिनु पर्ने पिडा नै भिजुअलको माध्यमबाट कथा भन्ने शैली उत्कृस्ट छ । सफा पिक्चर, कुल टाइपको मोसन, आकर्षक मोडल र अभिनय तारिफ योग्य नै छ । यसै गीत बाट छायाँकार अर्जुन तिवारी पनि उत्कृस्ट ५ मनोनयनमा परेका छन् । तसर्थ उनको काम पनि तारिफ योग्य नै छ सम्पादक प्रज्वलित पराजुलीको सम्पादन पनि उत्कृस्ट नै रहेको छ ।

सबै कामलाइ राम्रो संयोजन गरि निर्देशन गर्ने जनकदीप यो इमेज अवार्डका हकदार मात्र होइन योग्य व्यक्ति र पर्सनालिटी पनि हुन् उनका थुप्रै राम्रा र उदारणीय काम हरु पनि छन् । नेपाल टेलिभिजनको म्युजिकल कार्यक्रम म्युजिक प्लस,धाराबाहिक सिरिएल दुइ थोपा आँशु,बिदेशी हरुका लागि अंग्रेजी भाषाको कार्यक्रम रिफ्लेक्सन तराई टि.भी.का मुख्य कार्यक्रम निर्माता संस्थापक तथा कार्यकारी निर्देशक, चलचित्र प्रोडुसर र नेपाल सरकारले छनोट गरेको नेपालको रास्ट्रिय गानको भिजुअल उनका सम्झन योग्य काम हरु हुन् । त्यसै गरि सय भन्दा बढी म्युजिक भिडियो दुइ सय भन्दा बढी बिज्ञापन तथा डकुमेन्ट्रीहरु उनले निर्माण गरि सकेका छन् । सामाजिक काममा उत्तिकै व्यस्त रहने उनलाइ अवार्डका लागि सेलिब्रेटी नेपालको तर्फ बाट शुभकामना !

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.