इन्जिनिएर सन्जय पसिना मार्फत निर्माता बने


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली चलचित्रले फड्को मारी रहेको छ केहि बर्ष पहिले सम्म थोरै मात्र चलचित्र हरु बन्ने गर्थे अहिले बर्षमा १०० भन्दा बढी चलचित्र निर्माण हुने गरेका छन् । चलचित्र निर्माण संगै कलाकार,निर्माता तथा प्राबिधिक हरुको संख्या पनि बढी रहेको छ । अन्य क्षेत्रका व्यक्ति हरुको नेपाली चलचित्रमा प्रवेश पनि बढी रहेको छ यसै क्रममा इन्जिनियर संजय महतो पनि निर्माता बनेका छन् । उनि निर्मित चलचित्र पसिना को सम्पूर्ण प्राबिधिक कार्य सकेर प्रदर्शनको तयारीमा रहेको छ । केहि दिन पहिले चलचित्रको टाइटल लोगोलाइ एक कार्यक्रमको बीच सूचना तथा संचार मन्त्रि मोहन बस्नेतले सार्बजनिकीकरण गरेका छन् ।

अनुभवी निर्देशक आर.बि.खत्रीले निर्देशन गरेको चलचित्र पसिना समसामयिक कथा बस्तुमा तयार भएको छ चलचित्रमा गौरब पहाडी र अनु शाहको मुख्य भूमिका रहेको छ । गरूँ सत्कर्म बगाऊ पसिना भन्ने मुख्य थिममा रहेर चलचित्र निर्माण गरेको निर्देशक आर.बि.खत्रीले बताएका छन् ।