कार्तिक २४ मा लाग्ने मेलाको ‘परिचय पाउँ’ सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘मेला’को ‘परिचय पाउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको चलचित्रको गीत राजधानीमा एक कार्यक्रमका बीच सार्बजनिक गरिएको हो गीतलाई अन्जु पन्त र राम चन्द्र काफ्लेले स्वरबद्ध गरेका छन् ।

दिग्गज धुरालीको शब्द तथा अर्जुन पोखरेलको संगीतमा बनेको गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । कार्तिक २४ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा सलोन बस्नेत, आमेश भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निराज श्रेष्ठ लगाएत कलाकारहरुको अभिनय रहेको छ । मेला हरी पन्तको प्रस्तुतीमा मनोज के. मरोडियाले निर्माण गरेका हुन् । चलचित्र बसन्त निरौलाको निर्देशनमा बनेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.