बडीगार्डसहित ‘ए मेरो हजुर २’ टिम हलमा, देशैभर हाउसफुल


सेलिब्रेटी नेपाल काठमाडौँ
अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर २’ले हलमा तहल्का पिटेको छ । पहिलो दिन उत्कृष्ट व्यापार गरेको चलचित्रको दोस्रो दिन अझै बढी दर्शकको साथ मिलेको छ ।

उपत्यका बाहिरका वितरक केदार पराजुलीले दिएको जानकारी अनुसार पुर्व देखि पश्चिमसम्मका सबै हलमा ‘ए मेरो हजुर २’ले बलिउड फिल्मलाई समेत पाखा लगाएको छ । पुर्वका धरान, विराटनगर, बिर्तामोड, हेटौडाका सम्पूर्ण हल हाउसफुल भएका छन् । त्यस्तै पश्चिमका चितवन, पोखरा, बुटवल, नेपालगंज, महेन्द्रनगर लगायतका स्टेसनमा पनि दर्शकको उच्च चाप रहेको वितरकले बताएका छन् ।

राजधानी बाहिरका मल्टीप्लेक्स सहित राजधानीका मल्टीप्लेक्समा शनिबारका शो सोल्ड आउट भैसकेका छन् । दर्शकको साथले उत्साहित भएको ‘ए मेरो हजुर २’ टिम बडीगार्ड सहित राजधानीका हलमा पुगेर पब्लिक रिभ्यु लिईरहेको छ । निर्देशक झरना थापा, कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत लगायतको टिम दिउँसो सम्म बालाजुको अष्टनारायण, गंगबुको विएसआर मुभिजमा पुगेर दर्शक प्रतिक्रिया लियो । हेरका जति सबैले चलचित्रको तारिफ गरेका छन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।