जे होला होला भोलिको दिन भन्दै बिकाश र रेश्माको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

‘जे होला होला भोलिको दिन आज रमाउँदै बाचौं है
माया पिरती साँचेर हो छ्मछमी नाचौं है
आजको मीठो भेटघाट मन खोलेर हाँसौं है
माया पिरती साँचेर हो छमछमी नाचौं है’
बादलको सुन्दरतामा रमाउने कुरा क्षणिक हुन्छ तर जिन्दगीमा रमाउनु पो ठूलो हुन्छ । भोलि जे सुकै होस् तर सँधै रमाउनु जिन्दगी हो गीतले यस्तै सन्देश दिएको छ । बाँचे भोलि पनि रमाउन सकिन्छ र माया पिरती साँच्ने र गाँस्ने, सबैसँग हाँसो र खुसीमा रमाइलो गर्नु यही जिन्दगी हो । गीतमा सँधै हाँसीहाँसी बाँच्नुपर्ने कुरा समेटिएको छ ।

गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जनको युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। संचार कर्मी सरोज श्रेष्ठको निर्देशनमा कलाकार विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको “जे होला होला” गीतको म्युजिक भिडियोको दृश्य कैद विशाल प्रजापतिले गरेको उक्त भिडियोको सम्पादन माधव बेल्बासेको रहेको छ । कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को तेह्रौं कृति “अमर” भित्रको गीतहरू मध्यको गीत हो ” जे होला होला” । अमर एल्बमको सबै गीतहरूमा सांगेत राम कार्कीको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.