अनुराग कश्यपसँग डिभोर्स पछि जिम संग डेटिङमा कल्की


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
निर्देशक अनुराग कश्यपसँग विवाह गरेर चोट पाएकी बलिउड अभिनेत्री कल्की कोचिलिनले मल्हम लगाउने साथी पाएकी छिन् । कल्कीले फिल्म ‘एयरलिफ्ट’ का कलाकार जिम सर्भको रुपमा त्यस्तो साथी पाएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

सन् २००९ मा पहिलोपटक भेटेका कल्की र अनुरागले दुई वर्षको डेटपछि विवाह गरेका थिए । तर, विवाह गरेको झण्डै तीन वर्षपछि उनीहरू अलग भएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अनुरागले २३ वर्षीया एक सहकर्मीसँग सम्बन्धअघि बढाएका छन् भने कल्की पनि हाल जिम सर्भसँग डेट गरिरहेकी छिन् ।

जिम थियटरका चर्चित अनुहार हुन् । उनले ‘नीरजा’ र ‘राब्ता’ मा अभिनय गरेका छन् । कल्की र जिमको पहिलो भेट पनि ‘द लिविङ रूम’ नाटकको मञ्चनको बेला भएको थियो । पहिलो भेटपछि मौलाएको उनीहरूको प्रेमले चाँडै नै विवाहकाो रुपमा पूर्णता पाउने चर्चा पनि चुलिएको छ । ‘तर, तत्कालै हामी विवाह गर्ने योजनामा छैनौं । अहिले हाम्रा लागि डेटिङ नै रमाइलो छ,’ कल्कीले भनेकी छन् । सन् २००९ मा अनुरागकै फिल्म ‘देव डि’बाट बलिउडमा डेब्यु गरेकी कल्कीले ‘शैतान’, ‘जिन्दगी ना मिलेगी दोबारा’, ‘सांघाई’, ‘ ये जवानी है दिवानी’ जस्ता फिल्ममा अभिनय गरेकी छिन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.