कुलपतिले १६ बर्ष पछी चलचित्र भुइँ मान्छे हेरे


सेलिब्रेटी नेपाल काठमाडौँ
गत शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘भुइँ मान्छे’ लाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले हेरेका छन् । आफ्नो परिवार सहित कुलपति उप्रेती शनिवार साझ सिभिल मल स्थित क्युएफएक्समा ५:३० बजेको शो हेर्न पुगेका थिए । उनि संगै पुराना कलाकार सन्तोष पन्तले पनि चलचित्र हेरेका थिए । कुलपति उप्रेतीले १६ वर्षपछी चलचित्र हेरेका हुन् ।

‘ट्रेलर ले नै आकर्षित गरेकोले चलचित्र हेर्न आएको हु’ कुलपति उप्रेतीले चलचित्र बारे प्रतिक्रिया दिदै भने ‘चलचित्रले उठाएको विषयवस्तु र देखाइएको दृश्य निकै राम्रा छन ।’ यता कलाकार पन्त पनि चलचित्रको विषयवस्तु अन्य भन्दा फरक रहेको बताउछन् । ‘प्राय निर्माताले मेरो चलचित्र फरक छ भन्छन तर यो साचिकै फरक छ’ कलाकार पन्त थप्छन ‘कलाकारले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन् ।’

नवराज बुढाथोकीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘भुइँ मान्छे’ मा पोष्टमार्टमका लागि ल्याइने शव चिर्ने व्यक्तिको जीवनीमा आधारित छ । रोहिणी भट्टराईको निर्माण रहेको चलचित्रमा रमेश बुढाथोकी , सिपोरा गुरुङ , सहिन प्रजापति लगायतको अभिनय रहेको छ । चलचित्र हेर्ने जति दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.