नेपाल आइडलको टप ११ सम्म पुग्न सफल मेनुकाको आवाजमा नयाँ गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चर्चित रियालिट शो नेपाल आइडलको टप ११ सम्म पुग्न सफल भएकी गायिका मेनुका पौडेलको आवाजमा नयाँ गीत सार्बजनिक भएको छ । मेनुकाको मनै छुने मार्मिक गीत ‘दिलको घाउ कति दुख्छ’ को भिडियो सार्बजनिक गरिएको हो । नेपाल आइडलमा पनि मेनुकाले आफ्नो सुमधुर स्वरले दर्शक, श्रोता तथा जजहरुको मन जितेकी थिइन । जसलाई उनले यो गीतबाट थप पुष्टि गरेकी छन् । राज धमला निश्चल ‘ओखलढुंगे’को मार्मिक शब्दहरुमा सुरेन्द्र भट्टराईको सुमधुर सङ्गीतले गीतलाई थप सुमधुर बनाएका छन् ।

बिनोद भुजेल एरेन्जर रहेको गीतमा गायिका पौडेल आफैले अभिनय पनि गरेकी छन् । जसले भिडियो हेर्ने दर्शकले वास्तविक घटनामा भिडियो बनेको महसुस गर्नेछन । गीतका सर्जक राज धमला निस्चल ओखलढुंगेले नै भिडियो निर्देसन गरेका छन् । प्रवेश पोखरेलले छायांकन गरेको भिडियो लाइ सुरेश श्रेष्ठले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.