समर लभ को छायांकन शुरु


सेलिब्रेटी नेपाल काठमाडौँ

चर्चित उपन्यास ‘समर लभ’ को कथामा आधारित रहेर निर्माण गर्न लागिएको चलचित्र ‘समर लभ’
को छायांकन सुरु भएको छ। लेखक सुविन भट्टराईको चर्चित उपन्यास मै आधारीत चलचित्रलाई मुस्कान ढकालले निर्देशन गर्दै छन्।

चलचित्रको शुभ मुहर्त लेखक सुविन भट्टराईले सोमबार कीर्तिपुरमा गरेका छन्। चलचित्रको शुटिङ उपन्यासमा जस्तै काठमाडौं, पोखरा, धनगढी र नर्वेमा हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको मुख्य पात्र साया र अतीतको भूमिका रेवती क्षेत्री र आषिश पियाले निभाउनेछन्। सुस्मिताको भूमिकामा नायिका नम्रता सापकोटा देखिने छिन्। चलचित्रमा संवाद लेखक सुविन र पटकथा लेखक सामीप्यराज तिमल्सिनाले संयुक्त रुपमा लेखेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.