निखिल र सौगातको संरक्षण सोलो रिलिज


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘संरक्षण’ प्रदर्शनमा आएको छ । यो साताका लागि ‘संरक्षण’ एकल नेपाली रिलिज हो । चलचित्र देशभर ८० बढी पर्दामा प्रदर्शनमा आएको छ ।
राजनितिको विषय उठाएको चलचित्रले तराईको पृष्ठभूमि खोतल्न खोजेको छ । प्रदर्शन अघि चलचित्रले चितवनमा प्रिमियर शो सम्पन्न गरेको थियो । शुक्रबार राजधानीमा प्रेस शो पनि सम्पन्न भएको छ ।चलचित्रको कथाबस्तु, पटकथा, कलाकारको अभिनय र छायाँकन पक्ष राम्रो रहेको चलचित्रमा सौगात मल्ल, निखिल उप्रेती, प्रमोद अग्रहरी, मलिना जोशी, निर शाह, अशिष्मा नकर्मी, कामेश्वर चौरसिया, रमेश रंजन झा, रमेश बुढाथोकी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

पूर्णेन्दु झा निर्देशित चलचित्रले राजनीतिक कथाको यथार्थ चित्रण प्रस्तुत गर्ने छ । नरेन्द्र महर्जन, प्रदीपकुमार उदय, नन्दु श्रीवास्तव र स्वेता शाहको लगानी रहेको सिनेमामा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.