ध्रुव र बेनीको उल्झनमा रजनी


सेलिब्रेटी नेपाल काठमाडौँ

पारिवारिक कथामा चलचित्र ‘उल्झन’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोसणा गरिएको छ । ध्रुव दत्त, रजनी केसी, बेनी ढुंगाना, दिपक ढकाल, रामचन्द्र अधिकारी, ऐनी विष्ट लगायतका कलाकारको अभिनय रहने चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । चलचित्रको आजैबाट छायांकन प्रारम्भ गरिने जानकारी गराइएको छ ।

आशुतोष फिल्मस् प्रोडक्सन प्रा.लि.को व्यानरमा तेजेन्द्र कँडेल प्रस्तुत यस चलचित्रमा सन्तोष अधिकारी र हरि कार्कीको लगानी रहनेछ । कुमार महर्जनको द्धन्द्ध, शिव विकको नृत्य रहने चलचित्रमा संगीत हिरामणि न्यौपाने र दिनेश गौतमको रहने छ । ‘उल्झनमा एउटा युवाले विदेशमा भोग्नु परेको पीडा अनि आफ्नो लक्ष्य प्राप्त गरिसकेपछि स्वदेश फर्कदाको पारिवारिक सम्बन्धमा दरार कसरी हुन पुग्छ भन्ने विषयवस्तुलाई उठाउँन खोजिएको छ ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.