देश दौडाहामा चलचित्र संरक्षण युनिट


सेलिब्रेटी नेपाल काठमाडौँ

यहि श्रावण को २७ गते बाट देश ब्यापी प्रदर्शनमा आउने चलचित्र “संरक्षण” प्रचार प्रसार लाई तिब्र पार्दै देश दौडाहामा निस्केको छ । चलचित्रका लागी प्रमुख कलाकार नायिका मलिना जोशी, असिश्मा नकर्मी लगायत प्रमुख कलाकार लिएर निर्देशक पुनेन्द्र झा सहित निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्केका छन् । आइतबार मोफसलको पहिलो पत्रकार सम्मेलन बिराटनगरको हिमालय टाकिजमा गरिएको थियो । दुई नायिका सहित मोफसल निक्लिएको चलचित्र “संरक्षण” युनिटले आइतबार नै ईटहरिको आई सिनेमामा पनि पत्रकार सम्मेलनको आयोजना गर्यो । युनिट ले पुर्ब देखि पश्चिमको मेजर शहरमा पत्रकार भेटघाट आयोजना गर्ने बताईएको छ ।

पुर्णेन्दु प्रोडक्सन, द्वारिका उदय प्रोडक्सन, श्रीबास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको ब्यानरमा निर्मित नेपाली चलचित्र “सरंक्षण” श्रावण २७ गते बाट देशका करिब ७५ वटा भन्दा बढी सिनेमा घरहरु बाट प्रदर्शनमा आउने चलचित्रका लागी निर्माता नरेन्द्र महर्जनले बताए।

निखिल उप्रेती, सौगात मल्ल रमेश रंजन झा , मलिना जोशी, अशिश्मा नकर्मी, प्रमोद अगरहरी , कामेस्वर चौरसिया ,कृष्ण सिंह , रमेश बुढाथोकी , निर शाह , श्वेता शाह , नन्दु श्रीवास्तब , निर्देश श्रीवास्तब , राज कटुवाल तथा सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको यस चलचित्रको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झा ले नै लेखेका हुन् । डा कृष्ण हरि बराल , दर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको यस चलचित्रको गीत लाई संगीत भने प्रभेस मलिकले भरेका छन् । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफर , र हिमाल केसीको दोन्द रहेको छ । चलचित्र लाई एफ डी कम्पनि र बि के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.