कार्टुन क्रु कि आश्मालाइ पलले मोटरसाइकलमा कुदाए (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

‘कार्टुन्ज क्रु’को आकर्षक अभिनय रहेको गीत ‘जता जता पिरतीको बाटो….’ सार्वजनिक भएको छ । युट्युब मार्फत गीत भिडियो सहित सार्वजनिक भएको हो । गतबर्ष सार्वजनिक भएको पल शाह र धुर्मुस सुन्तली अभिनित ‘तिमीलाई देखेपछि आई लभ यु भन्न मन लाग्यो’ गीतको सिक्वेलको रुपमा यो गीत आएको बताइएको छ ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर, दिनेश थपलियाको शब्द र बसन्त सापकोटाको संगीत छ । भिडियोलाई संजय लामाले खिचेका हुन् । भिडियोमा पल शाह र आस्माको समेत अभिनय रहेको छ । भिडियोमा आस्मालाई पलले उडाएपछि सरोजको बिचल्ली भएको देखाइएको छ । कार्टुन्ज क्रुको कमेडी समेत गरेको भिडियो निकै मन मोहक छ । कार्टुन्ज क्रुका सरोज अधिकारीले भिडियोले आफुहरुलाई कमब्याक गराउन सफल रहेको बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.