निखिलको रुद्र प्रिमिएर सम्पन ! चलचित्र लाइ मिश्रित प्रतिक्रिया


सेलिब्रेटी नेपाल काठमाडौँ

यो सुक्रबार बाट सार्बजनिक प्रदर्शनमा हुने चलचित्र रुद्रको प्रिमियर सम्पन्न भएको छ । राजधानीमा गरिएको प्रिमियरमा चलचित्र लाई मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । प्रेम प्राप्तिका लागि गरिने संघर्ष देखाइएको यस चलचित्र मार्फत नयाँ जोडी अर्थात् बिश्व शर्मा र सारा डेब्यु गर्दैछन । यी दुईको कामलाई पनि प्रिमियरमा चलचित्र हेर्नेले मिश्रित प्रतिक्रिया दिएका छन् । रामजी लामिछानेको निर्देशनमा तयार भएको चलचित्रमा निखिल उप्रेतीको अभिनयसंगै निर्माण पनि रहेको छ ।

चलचित्र शोको लागि बोलाईएको निर्धारित समय भन्दा अढाई घण्टा ढिलो गरि चलचित्रको शो सुरु गरिएको थियो कार्यक्रम आयोजकको कमि कमजोरीका कारण चलचित्र हेर्न पुगेका रंगकर्मी र चलचित्र कर्मीले सास्ती बेहोरेका थिए । चलचित्र हलको ब्यबथापन पनि निकै कमजोर रहेको थियो । केहि पाहुना हरु सिट अभाबका कारण फर्किएका थिए भने केहिले भर्यांगमा बसेर पनि चलचित्र हेरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.