प्रेम गीत २ को कन्सर्टमा झुमे दर्शक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र प्रेम गीतको प्रदर्शन मिति नजिकिंदै गएको छ । दर्शकको प्रतिक्षाको समय पनि सकिन लागेको छ प्रचार प्रसारमा ब्यापकता बनाई रहेको चलचित्रले राजधानीमा भब्य कन्सर्ट गरेको छ । ललितपुरको लगनखेल, भक्तपुरको सूर्यविनायक, कितिपुर खेल मैदान, पशुपतिनाथ गौशला र नयाँ बसपार्कमा आयोजना गरिएको कन्सर्टमा हजारौं दर्शक प्रेमगीतमा झुमेका छन्। शुक्रबार र शनिबार आयोजित कन्सर्टमा चलचित्र ’ प्रेमगीत’बाट चर्चित भएका अभिनेता प्रदिप खड्कालाई हेर्न र उनीसँगै झुम्न उनका फ्यानहरु निकै आतुर थिए। प्रदिपसँग तस्वीर खिचाउने दर्शकको भीड नै लागेको थियो। निर्माता सन्तोष सेनले दर्शकले देखाएको मायाले निकै उत्साहित बनाएको बताए।

रामशरण पाठक निर्देशित चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की, श्रद्धा प्रसाई लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्र आगामी सुक्रबार अर्थात् साउन १३ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.