‘जग्गा जासुस’ अभिनेत्री बिदिशाको हत्या कि आत्महत्या ?


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

चर्चित आसामी नायिका तथा गायिका बिदिशा बजेबरुआले आत्महत्या गरेकी छन् । गत सोमबार उनले हरियानाको सुशान्त लोक इलाकामा झुन्डिएर आत्महत्या गरेकी हुन् । प्रहरीले उनका श्रीमानलाई मंगलबार पक्राउ गरेको छ । बिदिशाका बाबुले छोरीको हत्या भएको र त्यसमा ज्वाइँको संलग्नता रहेको प्रहरीकहाँ हालेको उजुरी उल्लेख छ । बिदिशाका श्रीमान्को अर्कै युवतीसँग प्रेम सम्बन्ध रहेको बताइएको छ । १४ महिनाअघि बिदिशाको गुजराती निशित झासँग बिहे भएको थियो ।

बिदिशा हालै रिलिज भएको रणवीर कपुर र कैटरिना कैफ अभिनित ‘जग्गा जासुस’ की कलाकार पनि हुन् । गुजरात बस्दै आएकी बिदिशा फिल्ममै अभिनय गर्न मुम्बई आएकी थिइन् । उनले अभिनय गरेको अन्तिम फिल्म ‘रुनी’ बनेको छ । कुशल डान्सर बिदिशाले मास कम्युनिकेसनमा स्नातक गरेकी थिइन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.