गायक प्रशान्त तामाङ प्रहरीको जागिरबाट बर्खास्त


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
दार्जिलिङ निवासी नेपालीभाषी गायक प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त भएका छन्। गायक तामाङलाई बंगाल सरकारले कलकत्ता प्रहरी सेवाबाट बर्खास्त गरेको हो। सन् २००७ मा तामाङ ‘इन्डियन आइडल’ बन्नु अघि नै कलकत्ता प्रहरीमा थिए।एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले २ हप्ता अगाडिको बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खबर छापेको छ ।

उक्त समाचारमा तामाङ लामो समयदेखि जागिरमा गयल भएको जनाइएको छ। तामाङलाई विभागले १३ जुनमा कारण देखाऊ सूचना जारी गरेको पनि त्यस समाचारमा उल्लेख छ।

दार्जिलिङमा नेपालीभाषीले गरेको ‘गोर्खाल्याण्ड आन्दोलन’ मा केही समय अगाडि तामाङले समर्थन जनाएका थिए। उनले आफ्नो सफलतामा दार्जलिङवासीको पनि हात भएको र उनीहरुको मातृभूमिमा लाठी बर्सिएको आफूले देख्न नसक्ने अभिव्यक्ति दिएका थिए।

उनले भनेका थिए, ‘मलाई निकै दुःख लागेको छ, दार्जिलिङ युद्धभूमि वा युद्ध बोर्डर हो र? गोर्खाल्याण्ड मागको आन्दोलन रोकिने छैन। तपाईंको मातृभूमिमा लाठी लाग्दा के तपाईं चुप लाग्नुहुन्छ र?’ उनले गोर्खाल्याण्डको माग जायज भएको भन्दै बंगाल सरकारको विपक्षमा बोलेका थिए। यही कारण उनलाई बंगाल सरकारले अनुशासन पालना नगरेको भन्दै कारवाहीका रुपमा प्रहरीको जागिरबाट बर्खास्त गरेको समाचारमाध्यमले जनाएका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.