‘म यस्तो गीत गाउँछु’ को व्यापार बाट निर्माण युनिट उत्साहित


सेलिब्रेटी नेपाल काठमाडौँ
शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’ले बक्सअफिसमा राम्रो सुरुवात गरेको छ । शुक्रबार देशभरका हलमा ८० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्र शनिबार अलनेपाल हाउसफुल रहेको जानकारी आएको छ । यो किसिमको दर्शकको साथले निर्माण युनिट उत्साहित बनेको छ ।

राजधानीको गोपीकृष्णका ७ मध्येका ५ हल, गुणका ९ मध्येका ५ हल हाउसफुल भएका छन् । त्यस्तै गङ्गामा दिउसोको शोमा दुवै हलमा ‘म यस्तो गीत गाउँछु’ हाउसफुल भएका छन् । त्यस्तै राजधानीको अष्टनारायणका ४ वटै हल ‘म यस्तो गीत गाउँछु’का दर्शकले भरिएका छन् । त्यस्तै देशभरका कतिपय मल्टीप्लेक्समा चलचित्रले हाउसफुलको व्यापार गरेको छ । भने, रिलिज भएका जति पर्दामा ८० प्रतिशत भन्दा माथि अकुपेन्सी छ । मल्टीप्लेक्समा रिलिज भएका हलिउड र बलिउड सिनेमा भन्दा ‘म यस्तो गीत गाउँछु’को दर्शक धेरै रहेको हलवालाहरुले बताएका छन् ।

शनिबार राजधानीका प्रमुख हलहरुमा पल शाह, पुजा शर्मा, सुदर्शन थापा लगायत दर्शक प्रतिक्रिया बुझ्न पुगे । जहाँ दर्शकको उत्साहपूर्ण माया पाउँदा हर्षित देखिए । सुदर्शन थापा निर्देशित सिनेमाले दर्शकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत,संजय लामाको छायाँकन, प्रितम पाण्डेको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा सबैको कामको तारिफ भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.