जिवन काँडा की फुल को प्रिमियर संगै गायिका जुनुको एल्बम बिमोचन सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

चर्चित लेखक झमक घिमिरेको जन्म दिनको अवसर पारेर चलचित्र जिवन काँडा की फुल को प्रिमियर शो आयोजना गरिएको छ चलचित्रको प्रिमियर सँगै गायीका जुनु गौतमको नयाँ गिती एल्वम ‘अर्को जन्म होला नहोला’ को अडियो एल्बमको बिमोचन पनि गरीएको छ । राजधानीमा सम्पन्न गरीएको चलचित्र प्रिमियर शो र अडियो बिमोचन कार्यक्रममा विषेश अतिथिको रुपमा उपस्थित भएका राष्ट्र कवि माधव घिमिरे, ईतिहास विद सत्यमोहन जोशी,नेपाली चलचित्रकी प्रथम नायीका भुवन चन्द, डा.झमक घिमिरे नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ले एक साथ एल्बम बिमोचन गरेका थिए ।

गायिका जुनुले चलचित्र जीवन काँडा कि फुल मा समावेश तिमीलाई जस्तै हो र मैले क लेख्न जाने दुइ वटा गीतमा समेत आवाज दिएकि छिन । गौतमले एक महिना अघि मात्र सार्बजनिक उक्त अर्काे जन्म होला नहोला एल्बममा समावेश गीत ठुलीको म्युजिक भिडियो समेत सार्वजनिक गरिसकेकी छिन् । नेपाली हिन्दु नारी हरुको महान चाड तीजको अबसरमा तीज गीत पनि रेकर्ड गरेकी गौतमको तीज गीतको भिडियो निर्माणको क्रममा रहेको छ ।

झमक कुमारी घिमिरेको जिवानिमा आधारित चलचित्र जीवन काँडा कि फुल लाइ बिनोद बिस्टले निर्देशन गरेका हुन् । झमक कुमारीको कथा रहेको चलचित्र लाइ शिब ढकाल ले छायांकन गरेका हुन् । प्रकाश शिवाकोटीको संगीत रहेको चलचित्रमा कमल राइको कोरियोग्राफी रहेको छ । चलचित्रका निर्माता बद्रि चौहान र उमेश सुबेदी हुन् चलचित्रमा अवस्था थापा,रोजिता बुद्धाचार्य,उमा गिरि,किशन सुनार,सारिका घिमिरे,मेनुका प्रधानको अभिनय रहेको छ । प्रिमियर शो मा चलचित्र हेर्ने जति सबैले धेरै नै तारिफ गरेका छन् । चलचित्र कहिले प्रदर्शनमा ल्याउने भन्ने बारेमा निर्माण पक्षले केहि खुलाएको छैन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.