बाबु कान्छा बनेका सलोन मङ्सिर १५ गते बाट सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ
शोभित बस्नेतको निर्देशनमा छायांकन भइ रहेको चलचित्र बाबुकान्छा को रिलिज मिति तय गरिएको छ।चलचित्र मङ्सिर १५ गते बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रका निर्देशक शोभित बस्नेतले चलचित्रको एक पोस्टर रिलिज गर्दै चलचित्र मङ्सिर १५ गते रिलिज गर्ने जानकारी दिएका हुन् ।

शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन रहेको बाबुकान्छाको करिब सत्तरी प्रतिशत छायांकन सकिएको छ भने चलचित्रका नायक सलोन बस्नेत अवार्डको लागि लन्डन गएको हुनाले अहिले चलचित्रको छायांकन रोकिएको छ । सलोन लन्डन बाट फर्किए लगतै चलचित्रको बाकी छायांकन हुनुको साथै चलचित्रको गीत छायांकन गर्न युनिट साउनको द्रोस्रो हप्ता दुबई तिर लाग्ने छ । चितवनको छायांकन सकिएर आइतबार मात्रै सुटिंग युनिट राजधानी फर्किएको हो ।

चलचित्र बाबुकान्छाुमा सलोनको अलावा नीर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै छिन्।

संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ। चलचित्रमा टंक बुढाथोकी र अल्मोडाको संगीत रहने छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’लाई रिमिक्स गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.