हरिबंश पुत्र मोहितवंश बैबाहिक जीवनमा


सेलिब्रेटी नेपाल काठमाडौँ

बरिस्ट कलाकार हरिबंश आचार्यका छोरा मोहितवंश बैबाहिक जीवनमा प्रवेश गरेका छन् । पर्यटन विषयमा मास्टर्स सकाएर ब्रिक्स क्याफे चलाएर बसेका मोहित र नेपाल मेडिकल कलेजमा डेन्टल सर्जरीमा ब्याचलर गरिरहेकी बिन्दु थापाको भब्य रुपमा बिबाह सम्पन्न भएको छ । सञ्चार उद्यमी भोला थापा र हरिबंश सम्धी बनेका छन् ।

पत्नी रमिला, जोडी मदनकृष्ण श्रेष्ठलगायतका कलाकार र आफन्तसहित हरिवंश छोरा मोहित लिएर बिन्दु थापा लिन विवाहस्थल धुलिखेल पुगेका थिए । अमेरिकामा नै घरजम गरेर बसेका आचार्यका जेठा छोरा त्रिलोक बिदामा नेपाल आएपछि मात्रै मोहितको विवाह गर्ने दुई परिवारको सल्लाहअनुरूप इन्गेजमेन्ट भएको ९ महिनापछि विवाह सम्पन्न भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.