‘कृ’को फस्टलुक पोस्टर सार्बजनिक अनमोलको बेग्लै रुप


सेलिब्रेटी नेपाल काठमाडौँ
प्रतिक्षित चलचित्र ‘कृ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक अनमोल केसी मात्र देखिएका छन्। फस्टलुक सँगै चलचित्रको प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । चलचित्र कात्तिक ३ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ। सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रको फस्टलुकमा नायक अनमोल केसी लामो कपाल पालेर एक्सन अवतारमा देखिएका छन् । अनमोलले यो चलचित्रका लागि शरीर बनाउन निकै मेहनत गरेका थिए । अनमोलको यस्तो अवतार यस अगाडिको चलचित्रमा देखिएको थिएन ।

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.