भूईँमान्छे ट्रेलर सार्बजनिक मच्यो मच्यो मच्यो थच्यो


सेलिब्रेटी नेपाल काठमाडौँ

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरेर निर्माण युनिटले ट्रेलर सार्बजनिक गरेको हो । चलचित्रका कलाकार,निर्माता,निर्देशक तथा पत्रकार हरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै ‘भूईँमान्छे’का निर्देशक नवराज बुढाथोकीले फरक कथा बस्तुमा छुट्टै किसिमको नेपाली चलचित्र निर्माण गरेको बताए ।

पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्द्रित ‘भूईँमान्छे’ मा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र भदौ २ गते बाट सार्बजनिक प्रर्दशनमा आउने छ । बिदुर पाण्डेको छायांकन रहेको चलचित्र लाइ गम्भीर राज कर्णिकार र मधु सुदन संजेलले सम्पादन गरेका हुन्। चलचित्रमा अर्जुन पोखरेल र देवेन्द्र राइको संगीत रहेको छ कमल राई र कविराजको नृत्य निर्देशन रहेको चलचित्रमा अस्ट महर्जनको द्वन्द निर्देशन रहेको छ । चलचित्र लाइ रोहिणी भट्टराई निरुपा राज्य लक्ष्मी थापा र हरि यादब मिलेर निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.