‘रुद्र’ अफिसियल गीत रिलिज ! अभिनेता निखिल अब संगीतकार पनि


सेलिब्रेटी नेपाल काठमाडौँ

साउन १३ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘रुद्र’को पहिलो गीत रिलिज भएको छ । सार्वजनिक ‘आइएम च्याङ्ग्वा’ वोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका छन् । गीतमा पछिल्लो समय सार्वजनिक विभिन्न चलचित्रका गीत भन्दा भिन्न परिवेश जोडिएको छ ।

तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ । गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ । लिड कलाकार विश्व र सारासँगै ज्याक श्रेष्ठ फिचरिङमा छन् । रामजी लामिछानेको निर्देशनमा बनेको चलचित्रको केहि दिन पहिले ट्रेलर सार्वजनिक गरिएको थियो ।

यो चलचित्रमा एक्सन स्टारको उपमा पाएका निखिल भिलेन अबतारमा प्रस्तुत भएका छन् । सौरभ लामाले खिचेको रुद्र लाई काठमाडौंमा विके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.