सलमानभन्दा धनी शाहरुख ! फोर्ब्सको सूचीमा सबै भन्दा धेरै कमाउने को ?


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

फोर्ब्सले सन् २०१७ मा सबैभन्दा धेरै कमाई गर्ने सय सेलिब्रिटीको सूची जारी गरेको छ । यसमा बलिउड सेलिब्रिटीका शाहरुख खान, सलमान खान, अक्षय कुमार समावेश छन् । शाहरुख सबैभन्दा धेरै कमाई गर्ने भारतीय नायक हुन् । उनी ६५ औं स्थानमा छन् । यस्तै, सलमान ७१ मा छन् भने अक्षय ८० औं स्थानमा रहेका छन् । कमाईको मामलामा सलमान खान शाहरुखभन्दा ७ करोड भारु पछाडि छन् । १३० मिलियन डलरको कमाईसँगै गायक सिन ‘डिडि’ कम्स यो सूचीको शीर्ष स्थानमा छन् । यस्तै, गायक बियोन्से नोल्स दोस्रो र जेके रोलिङले तेस्रो स्थान ओगटेका छन् ।

कमाईको मामलामा संसारभरीका शीर्ष १० कमाई गर्ने सेलिब्रिटीको सूची यस्तो छः

१. सिन कम्ब्स, १ सय ३० मिलियन डलर

२. बियोन्से नोल्स, १ सय ५ मिलियन डलर

३. जे.के रोलिङ, ९६ मिलियन डलर

४. ड्रेक, ९४ मिलियन डलर

५. क्रिष्टियानो रोनाल्डो, ९३ मिलियन डलर

६. द विकन्ड, ९२ मिलियन डलर

७. होवार्ड स्टर्न, ९० मिलियन डलर

८. कोल्डप्ले, ८८ मिलियन डलर

९. जेम्स प्याटरसन, ८७ मिलियन डलर

१०. लिब्रोन जेम्स, ८६ मिलियन डलर

फोर्ब्सले यो सूचीमा संसारभरीका सेलिब्रिटीको जून २०१६ देखि जून २०१७ सम्मको कमाई समावेश गरेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.