आमिर खानको महत्वकाञ्छि फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ सुटिङ सुरु


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
आमिर खानको महत्वकाञ्छि फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को सुटिङ सुरु भएको छ । आमिर खानको फिल्म दंगलले यति बेला चीनमा राम्रो सफलता पाई रहेको छ उनको पछिल्लो फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ अब चलचित्रको लोकेशनदेखि लिएर तस्बिरहरु पनि सार्वजनिक भएका छन् । चलचित्र ‘पाइरेट्स अफ क्यारेबियन’ मा आधारित हो भनिएको छ । तर योसँग मिल्दोजुल्दो नभएर यस्तै कथानक भएको समेत निर्माण पक्षको खण्डन रहँदै आएको छ ।

आमिर खानले चलचित्रलाई समुद्री लुटेरासँग लिनुदिनु केही पनि नरहेको स्पष्ट पारिसकेका छन् । यद्यपि सेटबाट आएको पहिलो तस्बिर हेर्दा जोनी डेपको ब्लाक पर्लको सम्झना अवश्यै आउँछ । भारतीय संचार माध्यमका अनुसार आमिर खानले ‘ठग्स अफ हिन्दुस्तान’ का लागि ७० प्रतिशत नाफाको माग गरेका छन् । निर्माता आदित्य चोपडाले आमिर खानको यो शर्त मानेका छन् । त्यतिमात्र होइन चलचित्रका लागि आमिरको पारिश्रमिक झण्डै ६० करोड रहेको बताईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.