ब्यस्त नायिका प्रियंका र नव नायक आकाशको बाजी (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

अहिलेकी व्यस्त नायिका प्रियंका कार्की हाल दुइ वटा चलचित्रको काममा ब्यस्त छिन् । हालै मात्र छक्का पन्जा २ को छायांकन सकेकी प्रियंका हाल फाटेको जुत्ताको छायांकनमा व्यस्त छिन । उनि व्यस्त हुँदा हुँदै पनि समय मिलाएर म्युजिक भिडियोमा पनि देखिने गरेकी छिन । उनि अभिनित नयाँ म्युजिक भिडियो यु ट्युब मार्फत सार्बजनिक भएको छ । गायक रामहरी न्यौपानेको स्वरमा रहेको छिन भरको लागि किन बोलको गीतमा नायिका प्रियंका कार्कीको साथमा आकाश र दिनेशको अभिनय रहेको छ । बिनोद बन्जाराको शब्द रचनालाइ गायक स्वयं रामहरीले नै संगीत भरेका छन् । राजन इशानको संगीत संयोजनमा बनेको गीत सुमधुर बनेको छ । गीत अनुसार निर्देशक निकेश खड्काले भिडियो पनि उत्कृस्ट बनाएका छन् । धिरज जंग शाहको छायांकन रहेको भिडियो लाइ प्रकाश तुलाधरले सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.