जेरी गर्ल आनाको भबिस्य ग्याङस्टार ब्लुजमा


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र जेरी बाट डेब्यु गरेकी नायिका आना शर्माको जेरी रिलिज पश्चात् चर्चा एकाएक चुलियो । जेरीले ब्यापारिक सफलता पनि प्राप्त गर्न सफल बन्यो । आना सुन्दर मुहार र जीवन्त अभिनयले सहरिया युवापुस्तामाझ प्रिय बनिन् उनी तर तीन वर्ष बित्यो, आनाको एउटै चलचित्र प्रदर्शन भएको छैन । जबकि, जेरीमा उनीसँग स्क्रिन सेयर गरेका अनमोल अभिनीत ड्रिम्स र गाजलुले बक्स अफिसमा राम्रै छाप छोड्न सफल बने । ड्रिम्सबाटै करिअर थालनी गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाहले तीन चलचित्र खेल्न भ्याइसकिन् । यसरी पहिलो चलचित्र बाटै पलाएन भएको आभास गरिएकी यी नायिकाको दोस्रो चलचित्र बल्ल रिलिजका लागि तयार भएको छ, ग्याङस्टार ब्लुज । यसको टिजर सार्बजनिक भई सकेको छ । चलचित्र भदौ २ गते बाट सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको छ यस चलचित्रले बताउने छ आनाको करियर कता जाने छ ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.