कमेडियन भारती सिंहको इन्गेजमेन्ट


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

चर्चित कमेडियन भारती सिंहले इन्गेजमेन्ट गरेकी छिन् । मिल्ने साथीका रूपमा प्रस्तुत हुँदै आएका हर्ष लम्बिाचियासँग उनले लगनगाँठो कस्ने वैधानिक पाइला चालेको भारतीय मिडियामा खबर छ । उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेर इन्गेजमेन्ट गरेको पुष्टि गरेकी छिन् । उनले तस्बिरमा ‘अविस्मरणीय क्षण’ भन्दै क्याप्सन पनि लेखेकी छिन् ।

परिवार र निकटका साथीहरूको उपस्थितिमा इन्गेजमेन्ट गरेकी भारती आफूसँगै ‘नच बालिए’को आठौँ संस्करणमा सहभागी हर्षसँग नजिक थिइन् । त्यसो त यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको हल्ला पनि फैलिएको थियो । अहिले उनीहरूको साँच्चिकै इन्गेजमेन्टले भने फ्यानहरू आश्चर्यमा परेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.