प्रियंकालाई पछि पार्दै बनिन् दीपिका हट नायिका


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अभिनेत्री दीपिका पादुकोण र प्रियंका चोपडा बलिउडमा मात्रै होइन, अब हलिउड पनि आफ्नो अभिनय यात्रा थालेका छन् । ‘म्याक्सिम इन्डिया’ नामक पत्रिकामा दीपिका र प्रियंकाको नाम ‘बर्षका कामुक महिला’को सूचिमा सहभागी छ ।

म्याक्सिमको १०० सबैभन्दा कामुक महिलाको सूचिमा दीपिकाले बाजी मारेकी छिन् । यस सूचिमा प्रियंकालाई पछि पारेर अघि बढेकी छिन् । यी दुवै अभिनेत्रीले हलिउडमा डेब्यु गरेर आफ्नो पहिचानलाई थप फराकिलो बनाएका छन् ।

प्रियंका चोपडाले हलिउड टेलिभिजन सो ‘क्वांटिको’बाट डेब्यु गरिन् र निकै चर्चा पनि बटुलिन् । त्यस्तै, दीपिका पादुकोणले ‘एक्सएक्सएक्सः द रिर्टन अफ जेन्टर केज’बाट निकै सराहना बटुलेकी थिइन् । हालै, प्रियंका चोपडा आफ्नो अर्को हलिउड फिल्म ‘बेवाच’को रिलिजको तयारीमा छिन् । फोर्ब्स पत्रिकाको सूचिमा विश्वमा सर्वाधिक पारिश्रमिक पाउने र कमाई गर्ने अभिनेत्रीहरुको सूचिको १०औँ स्थानमा दीपिका परेकी छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.