चस्मा वालाको कभर भिडियो बनाउने लाइ ५० हजार पुरस्कार


सेलिब्रेटी नेपाल काठमाडौँ

विकास सुवेदीको निर्देशनमा बनेको ‘चस्मा वाला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुमि चाम्लिङ राईको स्वर रहेको गीतमा डि.पी खनालका शब्द र शंकर थापाको संगीत छ । भिडियोमा ‘नेपाली ठिटोज टिम’ ले अभिनय गरेको छ । ‘नेपाली ठिटोज टिम’ का क्याप्टेन सुनिल क्षेत्री भारतीय रियालिटी शो डान्स इन्डिया डान्सका प्रतियोगी हुन् । यसअघि सुनिलको नेतृत्वमा रहेको यो टिमले ले ‘छुकछुके रेल’ लगायतका गीतमा अभिनय गरेको थियो । यो गीतमा नेपाली ठिटोजलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजित भिडियो सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा यस गीतको कभर भिडियो प्रतियोगिताको बारेमा पनि जानकारी गराईयो । कभर भिडियोबाट एक टिमले ५० हजार नगदसहित नयाँ म्यूजिक भिडियोमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । जेष्ठ १५ गतेदेखि साउन १५ गतेभित्र ‘चस्मा वाला’ को गीतमा भिडियो बनाएर पठाउनु पर्ने बताईएको छ । chamlingenter@gmail.com तथा bikashatv2013@gmail.com मा कभर भिडियो पठाउन सकिनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.