सलमानकी चाइनिज हिरोइन ‘झू झू’ बारे ५ कुरा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
सलमान खानले आफ्नो फिल्म ‘ट्युबलाइट’ मार्फत चाइनिज अभिनेत्री लाइ बलिउडमा भित्र्याएका छन् थुप्रै नायिका लाइ डेब्यु गराएर सफल बनाई सकेका सलमानले अब चाइनिज अभिनेत्री झू झू लाइ कति सफल रुपमा प्रस्तुत गर्ने हुन् त्यो हेर्न बाँकि नै छ सलमान खानको आगामी फिल्म ‘ट्युबलाइट’मा उनको को–स्टारको रुपमा देखिएकी चर्चित चिनियाँ अभिनेत्री ‘झू झू’ एक गायिका पनि हुन् । झू झूले धेरै चाइनिज र हलिउड फिल्म तथा अमेरिकी टेलिभिजन शोमा पनि काम गरिसकेकी छिन् । अब झू झू ‘ट्युबलाइट’बाट बलिउडमा पनि डेब्यु गर्दैछिन् । यी चर्चित चिनियाँ हस्ति बारेमा थप जान्नुहोस् ।

झू झूले ३ बर्षको उमेरदेखि ‘पियानो’ बजाउँन थालेकी थिइन् । उनले जुनियर स्कूलमा पढ्दा मञ्चमा ‘ब्यूटी एन्ड द बीस्ट’को कथालाई पियानोको धुन मार्फत् प्रस्तुत गरेकी थिइन् । सन् २००५ मा झू झू चीनको चर्चित ‘म्युजिक च्यानल’सँग जोडिइन् र सांगीतिक कार्यक्रम होस्ट गर्न थालिन् । चीनको पेइचिंगमा स्थानिय गायन प्रतियोगिताबाट उनको प्रतिभा बाहिर आयो । त्यसपछि राष्ट्रिय स्तरको गायन प्रतिभामा तेश्रो बनिन् र सन् २००९ मा झू झूूले पहिलो एल्बम निकालेकी थिइन् ।

अभिनेत्री तथा गायिका हुनका साथै झू झू एक सक्षम इन्जिनियर पनि हुन् । उनले पेईचिंगकै विश्वविद्यालयमा पढेकी हुन् । ‘क्लाउड ऐटलस’ र ‘द म्यान विद द आयरन फिस्ट्स’जस्ता हलिउड फिल्ममा सानो – सानो भूमिकामा देखिएकी झू झूले अन्नतः अमेरिकी टेलिभिजन श्रृंखला ‘मार्को पोलो’मा मुख्य भूमिका निभाउँने अवसर पाएकी थिइन् । फिल्म ‘ट्युबलाइट’ आगामी ईदको दिन रिलिज हुनेछ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.