काले दाइ र स्वस्तिमा भाउजुको डान्सिङ्ग भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

काले दाई काले दाई गीत बाट आफु लाइ नाच्न पनि सक्ने भनेर प्रमाणित गरि सकेका निश्चल बस्नेतको अर्को डान्सिङ्ग भिडियो सार्बजनिक भएको छ। चलचित्र दुइ रुपैयामा समाबेश उक्त गीतमा निश्चल बस्नेत र उनकी श्रीमती स्वस्तिमा खड्का लाइ फिचर गरिएको छ । कुटु मा कुटु बोलको गीतमा राजनराज राज शिवाकोटीको शब्द,स्वर र संगीत छ गीतमा फिमेल आवाज भने मेलिना राइले दिएकि छिन। कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा निश्चल र स्वस्तिमा नृत्य फिट देखिएका छन् । अशिम शाहले निर्देशन गरेको चलचित्र दुइ रुपैयामा निश्चल र स्वस्तिमा संगै बुद्धि तामांग र आसिफ शाहको मुख्य भूमिका रहेको छ । शिबराम श्रेष्ठले खिचेको चलचित्र लाइ लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.