बिहेअघि नै जन्मिएकी श्रुति आफु पनि बिहे अघि नै आमा बन्न तयार


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै चर्चा पाएको छ ।

श्रुतिले हालै एउटा अन्तर्वातामा आफूले चाहेको जस्तो ब्वाइफ्रेन्ड भेटे बिहेअघि नै बच्चा जन्माउन तयार भएको खुलासा गरेकी हुन् । ‘मैले खोजेजस्तो प्रेमी पाएँ भने बिहेअघि नै आमा बन्न मलाई कुनै समस्या छैन,’ उनले भनेकी छिन्, ‘यसमा मिडिया, आफन्त, दर्शकले के भन्लान्, के सोच्लान् भन्ने कुराको मलाई केही मतलब छैन । मात्र मैले सोचेको जस्तो प्रेमी हुनुपर्यो ।’केही वर्षअघिसम्म आफू एकजना संगीतकारसँग निकै नजिक रहेको, तर पछि आफूहरूबीच ब्रेकअप भएको समेत उनले बताएकी छिन् । ब्रेकअपपछि आफू सिंगल रहेको उनको दाबी छ । ‘म सिंगल छु । मनले खाएको केटा भेटेकी छैन,’ उनले भनेकी छिन्, ‘अहिले म करिअरमै केन्द्रित छु । प्रेमीलाई दिने समय पनि मसँग छैन । त्यसैले नै म सिंगल भएकी हुँ ।’फिल्ममै करिअर बनाउने ध्याउन्नमा रहेकी श्रुति आफैँ पनि बिहेअघि नै जन्मिएकी हुन् । श्रुति जन्मिएको केही समयपछि मात्रै कमल र सारिकाले बिहे गरेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.