राजनीति भनेको चक्र हो घुमीरहन्छ, धनपति ट्रेलर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पशुपति प्रसादको सफलता पछि टुकी आर्टसले दिपेन्द्र के.खनाल प्रोडक्सन संगको सहकार्यमा निर्माण गरेको दोस्रो चलचित्र धनपति को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि धनपतिको ट्रेलर सार्बजनिक गरिएको हो । राजनीतिक बिरासत बोकेको सनाकाजी उर्फ धनपति द्वन्दको चपेटामा परि पुर्बी तराई बाट राजधानी आएर बसेको छ । गर्जो टार्नका लागि सानो रेस्टुरेन्ट मा काम गरि रहेको हुन्छ यस संगै उसका जीवनमा घटेका अनेक घटना लाइ चलचित्रको पर्दामा उतारिएको छ ।

खगेन्द्र लामिछाने,सुरक्षा पन्त,आशान्त शर्मा,हरिहर शर्मा,मनिष निरौला बाल कलाकार सुरभी बर्तौलाको मुख्य अभिनय रहेको छ । खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्र धनपतिका निर्माता रोजिना सिटौला हुन् । चलचित्रलाई निर्देशक स्वयमले छायांकन गरेका हुन् भने दिर्घ खड्काको रहेको छ । टलक जंग भर्सेज टुल्के मा अभिनय गरे पश्चात टुल्के र पशुपति प्रसाद पछि पशुपति प्रसाद भनेर चिनियका खगेन्द्रको यस चलचित्र रिलिज पश्चात धनपति भनेर चिनिने चाहना रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.