कान्समा प्रियंकाको ‘पाहुना’ टिजर सार्वजनिक


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
बलिउडकी नायिका तथा निर्माता प्रियंका चोपडाको होम प्रोडक्सन पर्पल पेबल पिक्चर्सले निर्माण गरेको फिल्म ‘पाहुना’ को टिजर ‘कान्स फिल्म फेस्टिबल’ मा सार्वजनिक गरिएको छ। प्रियंका अनुपस्थित भएको ट्रेलर सार्वजनिक कार्यक्रममा उनकी आमा मधु र भाइ सिद्धार्थ सहभागी थिए।

मधुले कान्सजस्तो महत्वपूर्ण फेस्टिभलमा सहभागिता जनाउँदै फिल्मको फस्टलुक र टिजर सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन पाउनु फिल्म युनिटका लागि खुसीको कुरा भएको बताइन्। पाखी ए ताइरीवालाको निर्देशन रहेको फिल्मले परिवारबाट छुट्टिएका तीन नेपाली बालकको माया र संघर्षलाई प्रस्तुत गरेको छ। माओवादी द्वन्द्वका कारण नेपालबाट विस्थापित भई सिक्किममा पुगेको कथा समेटिएको फिल्ममा सिक्किमकै कलाकार र प्राविधिक आबद्ध छन्।

फिल्मको फस्टलुकमा सिक्किमका स्थानीय दुई बालबालिकाको अनुहार देखाइएको छ। फिल्मको सार्वजनिक प्रदर्शन मिति भने तय भइसकेको छैन।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.