लाल्टिन हेर्न चलचित्र कर्मिको आग्रह (भिडियो सहित)


सेलिब्रेटी नेपाल काठमाडौँ
दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र लाल्टिन जेस्ठ २६ गतेबाट अल नेपाल रिलिज हुदैछ । प्रर्दशन मिति नजिकिदै गर्दा चलचित्रले आफ्नो प्रचरप्रसारलाई तिब्र बनाएको छ । यहि क्रममा चलचित्रको प्रचारप्रसारमा अन्य कलाकारले पनि साथ दिन थालेका छन् । चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई देखि निर्देशक मिलन चाम्स सम्मले आफु लाल्टिनू हेर्न उत्सुक रहेको र दर्शकलाई चलचित्र लाल्टिनु हेर्न आग्रह गरेका छन् । देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्रमा दया, प्रियंकाको अलावा केकी अधिकारी, जनक बर्तौला, अर्जुन जंग शाही, ए गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

लामो समय पछि यस चलचित्रमा दयाहाङ राई र प्रियंका कार्कीको जोडीलाई हामीले संगै देख्न पाइनेछ । यस्तै प्राय दर्शकको गुनासो हुन्छ दयाहाङ राईको किन एउटै भुमिका तर, लाल्टिनमा दयाहाङलाई डनको भुमिकामा देख्न सकिन्छ । ठुलो बजेटको साथमा स्टारकास्ट पनि राम्रो भएको कारण यो चलचित्र प्रतिक्षित बनेको छ । भानु प्रतापको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको लगानी छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.