कपिल शर्मा र सुनिल ग्रोवरका फ्यानका लागि खुसीको खबर !


सेलिब्रेटी नेपाल काठमाडौँ

कपिल शर्मा र सुनिल ग्रोवरका फ्यानका लागि खुसीको खबर छ । एएनआईलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार कपिलसँग झगडा भए पनि सुनिल (मशहुर गुलाटी)ले कपिलको शो छोडेर जानेछैनन् । आगामी एपिसोडमा उनले डा. मशहुर गुलाटीको रूपमा दर्शकलाई हँसाउनेछन् ।

सुनिलमात्र होइन, चन्दन प्रभाकर र अली असगर पनि शोमा फर्कनेछन् । केही दिनपहिले फ्लाइटमा भएको झगडापछि सुनिलले सुटिङ गर्न इन्कार गरिदिएका थिए । सुनिलसँगै कपिलको नराम्रो व्यवहारले गर्दा अली असगर, चन्दन प्रभाकर र सुगन्धा मिश्राले पनि कपिलको साथ छोडिदिएका थिए ।

शोमा टिमको संख्या अपुग भएपछि कपिलले तापसी पन्नू र मनोज वाजपेयी गेष्ट भएको एपिसोडका लागि राजु श्रीवास्तव, सुनिल पाल र एहसान कुरैशीलाई बोलाएका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.