“चलचित्र राम्रो बनेको छ, हामीले मेहनत गरेका छौं,” लप्पन छप्पन निर्देशक भट्ट


सेलिब्रेटी नेपाल काठमाडौँ
maxresdefault
मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन’ पनि यो वर्षको राम्रो भनेर अपेक्षा गरिएको चलचित्र हो । सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा स्टारर चलचित्रमा वर्षा शिवोकाटी लगायतका कलाकारले अभिनय गरेका छन् ।

ग्याङ स्टार जस्दो देखिने ‘लप्पन छप्पन’ को ट्रेलर साढे आठ लाख पटक युट्युब सर्च गरिएको छ । नेपाल र बेल्जियममा छायांकन गरिएको चलचित्र पैसाका पछाडि घुमेको निर्देशक भट्ट बताउँछन् । “चलचित्र राम्रो बनेको छ, हामीले मेहनत गरेका छौं,” निर्देशक भट्टले भने, “मेहनत अनुसार चलचित्रलाई दर्शकले मन पराइदिनुहुन्छ भन्ने हामीले अपेक्षा पनि गरेका छौं ।”
चलचित्र ‘लप्पन छप्पन’ यही चैत ११ गते प्रर्दशन हुदैछ ।

Copyright © 2012 - 2026 | All Right Reserved.