अमिताभको सम्पत्ति छोरा छोरी दुवैलाई बराबरी


सेलिब्रेटी नेपाल काठमाडौँ
amitjii
बलिउडको लोकप्रिय अभिनेता अमिताभ बच्चनले आफ्नो सम्पत्ति भागबण्डाको आधिकारिक घोषणा गरेका छन् । गत मंगलबार ट्विट गर्दै उनले आफ्नो सम्पती छोरा अभिशेक र छोरी श्वेतालार्ई बराबार भाग लगाउने जानकारी दिएका छन् ।

ट्विटमा उनले आफू मरेपछि आफ्नो सम्पत्ति छोरा र छोरीलाई बराबर हुने बताएका हुन् । ट्विटमा उनले छोरा र छोरी दुवै समान भएको र उनीहरुको हक पनि बराबार हुने उल्लेख गरेका छन् ।

बलिउडबाट टाढा रहेकी श्वेताको विवाह व्यापारी निखिल नन्दासँग भएको छ । श्वेता १९ वर्षिय छोरी नव्या र १२ वर्षिय छोरी अगस्त्यकी आमा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.