युजको अडियो क्यासेट बिमोचन चलचित्रकै कलाकार उपस्थित भयनन्



सेलेब्रिटी नेपाल पौष १७-ब्रज क्रियशन प्रा.ली.को प्रस्तुती चलचित्र युजको अडियो क्यासेट विमोचन गरीएको छ । सोमबार एक कार्यक्रमका बीच जनसांस्कृतिक कलाकार मञ्चका अध्यक्ष ईश्वर चन्द्र ज्ञवाली, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई सहित चलचित्रका युनिटका केही सदस्यहरुले संयुक्त रुपमा अडियो सार्वजनिक गरेका हुन् ।अडियो सार्बजनिक कार्यक्रममा चलचित्रकी नायिका बाहेक अन्य कलाकारहरुको उपस्थिति देखियन बिएस बलामीको निर्माण र निर्देशन रहेको चलचित्र युजले सेक्सले मानव जीवनमा पर्न सक्ने सकारात्मक र नकारात्मक पक्षलाई उजागर गरेको निर्माण पक्षले बताएको छ । चलचित्रमा सीमा केसी, सुवास मेचे, जयकिशन बस्नेत, सुमन थापा,विनोद बस्नेत,चन्दा दाहाल लगायतको अभिनय रहेको छ ।चलचित्रमा डि.आर. शर्माको संवाद रहेको छ भने सन्तोष प्रगाढको संगीत सुन्न पाइने छ । विनोद सापकोटाले छायाङ्कन गरेको चलचित्रमा निर्देशक बलामीकै द्वन्द्व रहेको छ भने रत्न जोशीको नृत्य निर्देशन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.