गायक पन्नाकाजीको निधन


सेलिब्रेटी नेपाल काठमाडौँ
तिरिरी मुरली बज्यो बनैमा..गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ लामो समय देखि बिरामी रहेका गायक पन्नाकाजिको बुधबार बिहान टेकु स्थित निवासमा निधन भएको हो । १९८८ पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका गायक शाक्यले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै उनले स्वर्ण पदक जितेका थिए । रेडियो नेपालमा जागिरे उनले २०४० सालपछि रेडियो छोडेका थिए ।
PANNAKAJI
चार सयभन्दा धेरै गीत गाएका उनको डेढ दुई सय गीत मात्र उपलब्ध छ । तिरिरी मुरली बज्यो वनैमा, किन किन तिम्रो तस्बिर मलाई निको लाग्छलगायत उनले गाएका गीत निकै लोकप्रिय छ । पन्नाकाजीले गाएको ‘तिरिरी मुरली बज्यो बनैमा…’ बोलको गीतलाई गायक प्रवेशमान शाक्यले आफ्नो स्वरमा रेकर्ड गराएका छन् । प्रवेशमान पन्नाकाजीका छोरा हुन् ।

मविवि शाहको ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ बोलको गीत सबैभन्दा पहिले उनले नै गाएका हुन् । पछि मात्र गुलाम अलिको स्वरमा सो गीत रेकर्ड गरिएको थियो । उनका चार छोरा र एक छोरी छन् । दुई छोरा गीत संगीतम सक्रिय छन् । पन्नाकाजीको बुधबार नै अन्त्येष्टि गरिने आफन्तजनले बताएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.