धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको मुसहर बस्तीको सिलान्यास


सेलिब्रेटी नेपाल काठमाडौँ
हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले बनाउन लागेको तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास भएको छ। महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित बस्तीको शिलान्यास हास्यकलाकारद्वय हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र सरसफाइ अभियन्ता रामआशिष यादवले संयुक्त रुपमा गरे।
dhurmus-suntali
नयाँ वर्षमा हस्तान्तरण गर्ने योजनाअनुरुप निर्माण सुरु भएका बस्तीको शिलान्यास गर्दै हास्यकलाकार आचार्यले धुर्मुस–सुन्तलीले देशको सन्तान भएर गर्नुपर्ने कर्तव्य निभाएको बताउँदै जोडीले पहाडदेखि तराईसम्म खुसीको उज्यालो छर्ने काम गरेको बताए। शिलान्यास कार्यक्रममा मह जोडीले बस्ती निर्माणका लागि रु. एक लाख सहयोग गर्ने घोषणा गरे।
madan-hari
बस्ती शिलान्यासपछि धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताउँदै पूर्व–पश्चिम राजमार्ग सफा गर्ने क्रममा पहिलोपल्ट मुसहर बस्तीको दयनीय अवस्था देखेपछि बस्ती बनाउने इच्छा पलाएको बताए। ‘यो मानवता र सद्भावको कार्य हो,’ धुर्मुसको आग्रह छ, ‘बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ। नमुना बस्तीमा ५० वटा घर, एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए।
यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाइ छ। बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरिसकेका छन् भने पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख, दिने घोषणा गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.