गायक उजनलाइ कसको याद अझै आउंछ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
ujan-nemwang
गायक तथा भिडियो निर्देशक उजन नेम्बाङको ’तिम्रो याद अझै आउँछ’ बोलको गीत सार्वजनिक भएको छ। गायक नेम्बाङको पछिल्लो एल्बम ’कम्–ब्याक’ मा समावेश उक्त गीत युटुब मार्फत सार्वजनिक गरिएको हो। गीतलाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् भने यस गीतमा संगीतकार तारा प्रकाश लिम्बूले संगीत भर्ने कार्य गरेका छन्।

गायन र भिडियो निर्देशन दवै क्षेत्रमा क्रियाशील रहेका गायक उजन नेम्बाङले उक्त गीतको भिडियो धेरै स्तरिय बनेकोमा आफू निकै खुशी रहेको बताए। उनले गौरादहको बजारैमा, तिमिलाई खुशी मिल्छ भने, जस्ता चर्चित तथा दर्शक लोभ्याउने गीतहरु गाइसकेका छन्।

विशेष गरेर प्रेमी-प्रमीकाबीच हुने रोमान्टिक र बियोगान्तलाई कथामा बुनेर निर्माण गरिएको यस भिडियोलाई केदार धितालले निर्देशन गरेका हुन्। भिडियोमा उत्सव दाहालको छाँयाकन र निशान घिमिरेको सम्पादन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.