गायक खेमराजको अन्त्येष्टि आज गरिंदै


सेलिब्रेटी नेपाल काठमाडौँ
khem-raj-gurung
लोक गायक खेमराज गुरुङको आज अन्त्येष्टि गरिने भएको छ । परिवारका सदस्य विदेशमा रहेका कारण उनको अन्त्येष्टि गरिएको थिएन । अन्तिम श्रद्धान्जलीका लागि गुरुङको शव आइतबार विहान ११ बजेदेखि १ बजेसम्म प्रज्ञा भवन कमलादीमा राखिने भएको छ । उपचारको क्रममा गुरुङको गत बिहीबार चावहिलस्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो । कलेजो रोगबाट पीडित गुरुङ जन्डिस भएपछि अस्पताल भर्ना भएका थिए । उनको ‘वारी जमुना, पारी जमुना…’आलु तामा बोलको गीतले चर्चा कमाएको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.