सामाजिक कार्यका लागि फेसन एरा


सेलीब्रेटी नेपाल काठमाडौँ
नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेसनको संयुक्त आयोजनामा ‘नेपाल फेसन एरा २०१६’ को आयोजना हुने भएको छ । भाद्र ३१ गते होटल अन्नपूर्णमा सम्पन्न हुने फेसन एरा २०१६को सोमबार एक पत्रकार सम्मेलन गर्दै घोषणा गरियो । उक्त पत्रकार सम्मेलनमा ३३ जना मोडलको छनोट समेत गरिएको थियो ।
Fashion-sho
दोलखा जिल्लामा लोपन्मुख थामी जातिको संग्राहलय निर्माण गर्ने मुख्य उद्देश्यका साथ उक्त फेसन एरा आयोजना हुन लागेको सगरमाथा फाउन्डेसनका डिरेक्टर अर्जुन भट्टले जानकारी गराउनु भयो । निजि संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्न सहयोग होस् भन्ने हेतुले गर्न लागिएको भट्टले बताए । पछिल्लो समयका डिजाइनरहरुको लागि स्थान होस् भन्ने हिसाबले समेत शो आयोजना हुन लागेको नेपाल फेसन हाउसकी संचालक एवम डिजाइनर बिभु न्यौपानेले बताईन , साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिने समेत उनले जानकारी दिईन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.